विश्वकप छनोटः नेपालको समूहमा वेस्टइन्डिज र जिम्बाब्वे

काठमाडौँ – भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेस्टइन्डिज र जिम्बाब्वेसँगै समूह ‘ए’मा रहेर प्रतिस्पर्धा गर्ने पक्का भएको छ।
आईसीसीले मंगलबार सार्वजनिक गरेको ड्रअनुसार नेपाल, वेष्टइण्डिज, जिम्बाब्वे, नेदरल्याण्ड्स र अमेरिका समूह ‘ए’मा परेका हुन्। समूह ‘बी’मा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई रहेका छन्।
छनोट प्रतियोगिता आगामी १८ जुन (३ असार)बाट जिम्बाब्वेमा सुरु हुनेछ। लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोलीबीच सुपर सिक्समा प्रतिस्पर्धा हुनेछ। शीर्ष २ टिमले विश्वकपमा स्थान बनाउने छन्।