नीति तथा कार्यक्रमले देशका चुनौतिको समाधान गर्छः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्ने दाबी गरेका छन्।

संघीय संसदमा सरकारले गत शुक्रबार पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा उठेका सवालहरुको जवाफ दिँदै प्रधानमन्त्री दाहालले समस्या समाधानका लागि नीति कार्यक्रम पर्याप्त भएको दाबी गरेका हुन्।

उनले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतिको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा हाँसिल गर्ने उद्देश्य लिएको बताए।

उनले नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रुपान्तरणका नविन सोच र कार्यक्रमहरु सोचिएको पनि बताए।

दाहालले नीति तथा कार्यक्रममा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गरे। विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिएकै आधामरा परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्क संगत नहुने जिकिर गरे।

दाहालले नीति तथा कार्यक्रममा नयाँ योजनाहरु राखेको उल्लेख गरे। प्रधानमन्त्रीले प्रस्तुत भएको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको भएको जिकिर गरे।

उनले भने, ‘प्रस्तुत नीति तथा कार्यक्रमले देशका सामु विद्यमान चुनौतिको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा हाँसिल गर्ने उद्देश्य लिएको छ। यस नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रुपान्तरणका नविन सोच र कार्यक्रमहरु सोचिएका छन्। निश्चय पनि यस दस्ताबेजमा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता पनि दिइएको छ। त्यसकै आधारमा मात्रै यसलाई परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्क संगत हुँदैन।’

प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा नयाँ र पुराना योजनाहरुको सन्तुलन मिलेको दाबी गरे।

जेठ ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्