संघीय सरकारले प्रदेशलाई भिक्षुकको व्यवहार गर्‍योः मुख्यमन्त्री शाह

फाइल तस्बिर।

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको व्यवहार गरेको आरोप लगाएका छन्।

मंगलबार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री शाहले संघीय सरकार दाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको आरोप लगाएका हुन्।

उनले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएकोजस्तो गरी ललिपप मात्रै देखाएको भन्दै गुनासो गरे। उनले प्रदेश मातहतमा पर्ने राजश्व परिचालनदेखि प्राकृतिक स्रोतको परिचालनसमेत संघीय सरकारको नियन्त्रणमा रहेर एकाअधिकार जमाएको बताए।

उनले प्रदेश सरकारले राजश्व संकलन गरिदिए अनुदान दिन्छौं भन्दै एकाधिकार जमाएको बताए। उनले प्राकृति स्रोत प्रदेश मातहतमा आए पनि स्वीकार गर्न नसकेको बताए।

उनले प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरु केन्द्र सरकारप्रति उत्तरदायी हुने अवस्था रहेको भन्दै प्रदेश र संघीय सरकारबीच अधिकार बाँडफाडमा लडाइ गर्नुपरेको बताए।

जेठ ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्