राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ – आगामी आर्थिक वर्ष २०८०/८१ का सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रमलाई छलफलपछि राष्ट्रियसभाले पारित गरेको हो।
पारित अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका दिए। उनले देशको अहिलेका विद्यमान चुनौति समाधान गर्न नीति तथा कार्यक्रम पर्याप्त रहेको दाबी गरे।