ओलीको प्रश्नः सरकार चलाउने खर्च सरकारसँग छैन, बजेट कसरी ल्याउँछ?

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गरेक हुन्।
अध्यक्ष ओलीले अहिलेको सरकारको कुरा गरेर आफूले समय खर्च गर्न नचाहेको पनि बताए। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले जनसंगठनहरुको पदाधिकारी बेलामा बोल्दै उनले सरकारले विदेशीसँग एउटा कुरा र संसदमा अर्कै कुरा गर्ने गरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे।
अध्यक्ष ओलीले मुलुकको आर्थिक अवस्था क्षतविक्षत अवस्थामा पुगेको र राजनीति अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सर्तक भएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
उनले भने, ‘…अब बजेट सरकारले कसरी ल्याउँछ? अनौठो स्थिति छ। बजेट कसरी ल्याउँछ? बजेट बनाउन गाह्रो छ। किनभने सरकार चलाउने खर्च सरकारसँग छैन।’