सिमकोटका ५०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सिमकोट – सिमकोट गाउँपालिकाका दुई वटा विद्यालयमा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।
हुम्लाको शिक्षा सुधार कार्यक्रमअन्तर्गत विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो। सिमकोट गाउँपालिका– ८ साँताको बलभद्र आविका १६० जना र सैपाल मावि स्याँडाका ३८० जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो।
६ महिनाका लागि पुग्ने शैक्षिक सामाग्री बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीलाई वितरण गरिएको हो। उनीहरुलाई कपी, डड्पेन, इरेजर, सिसा कलम, ज्यामिती बक्स, कलर पेन, ड्रोइङ पेपरलगायतका सामाग्री वितरण गरिएको हो।
आधार विकास नेपालको आर्थिक सहयोगमा ती सामाग्री प्रदान गरिएका हुन्। सो कार्यक्रमका शिक्षा अधिकृत कन्जोक लामाले हुम्ला शिक्षा सुधार कार्यक्रम अन्तर्गत शैक्षिक प्रदान गरिएको बताए।