दयाहाङ राईको ‘नाङ्गो गाउँ’को छायांकन सकियो

काठमाडौँ – अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ’नाङ्गो गाउँ’को छायांकन ३३ औँ दिनमा पूरा भएको छ।

दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘नाङ्गो गाउँ’को काभ्रेको बेथानचोक गाउँपालिका क्षेत्रमा सुटिङ भएसँगै सकिएको हो।

हिमाल शर्माको प्रस्तुति, जय श्रेष्ठको निर्माण, रहेको चलचित्रको छायांकन आलोक शुक्लाले गरेका हुन्। वनीश शाहको सम्पादन रहने चलचित्र आगामी भदौ २९ मा रिलिज हुँदैछ।

चलचित्रमा अन्य कलाकार कर्मा, साम्राज्ञी शाह, शिशिर बाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरी, घनुभाइ जोशी, निमा पाण्डे, सविन बास्तोला, शंकर आचार्य, केशव राई, इष्टु कार्की, ताण्डव, रामकाजी घिमिरेलगायतका अभिनय हेर्न पाइने छ।

जेठ ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्