कस्तो रहन्छ आजको मौसम? यस्तो छ पूर्वानुमान

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै, आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानमा र बाँकी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशको पहाडी भागहरूमा सामान्य बदली रही बाँकी भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्