शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाउनुपर्ने रवि लामिछानेको माग

तस्बिर: बर्षा शाह/देश सञ्चार
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाउन माग गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने बताउँदै संसदीय विशेष समिति बनाउन माग गरेका हुन्।
सभापति लामिछानेले अहिले कसैलाई पनि विश्वास गर्ने वातावरण नरहेकाे बताए।
उनले भने, ‘अहिले कसैको पनि विश्वास गर्ने वातावरण छैन। ज-जसको नाम आए पनि तिनलाई छानबिनको दायरामा ल्याउन सक्ने गरी सोधपुछसम्म गर्न किन डराएको हो?’
सभापति लामिछानेले सर्वसाधारणलाई बयान दिन आउँछु भन्दै गर्दा पनि समात्ने अनि उच्च पदस्थलाई आरोप लाग्दा साेधपुछसमेत गरिएन भन्दै आपत्ति समेत जनाए।