बाघको आक्रमणमा परी बारामा एक महिला घाइते

फाइल तस्बिर
वीरगञ्ज- बाघको आक्रमणमा परी बारा जिल्लामा एक महिला घाइते भएकी छन्। जीतपुर-सिमरा उपमहानगरपालिका- १४ बोरिङ टोल बस्ने ३६ वर्षीया प्रमिला थिङ घाइते भएकी हुन्।
सोही टोलस्थित हलखोरिया साझेदारी बनमा दाउरा काटिरहेकी उनीमाथि बाघले आक्रमण गरेको थियो।
थिङको गाला र टाउकोमा चोट लागेको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए।
घाइते भएकी उनको नेसनल मेडकल कलेज वीरगञ्जमा उपचार भइरहेको तथा उनको अवस्था मध्यम रहेको पाण्डेले बताए।