शरणार्थी प्रकरणमा जोडिएका नामले लाजसमेत लजाएको गगन थापाको टिप्पणी (भिडियो)

तस्बिर: बर्षा शाह/देशसञ्चार।

काडमाडौँ – कांग्रेस महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरणमा सरकारको परीक्षा हुने बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि बुधबार संसदमा भएको छलफलमा भाग लिँदै महामन्त्री थापाले उक्त प्रकरणको अनुसन्धान कसरी भइरहेको छ भनेर आम नागरिकले हेरिरहेको भन्दै यसमा संलग्न कोही पनि छुट्न नहुने बताए।

अहिले जसरी नामहरू आएका छन्,यसले लाजपनि लजाएको जस्तो भएको उनको भनाई छ। उनले भने,‘बाहिर आएका नामहरु हेर्दा जिम्मेवारी लिइरहेका मानिसहरु एकपछि अर्को तानिँदै जाने हो कि जस्तो देखिएको छ,जसको नाम आएको छ, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ।’

‘सरकारले गरेको अनुसन्धान निष्पक्ष भएको छ भन्ने भयो भने वाहवाही गर्ने हो,कहीँ न कहीँ लकपकाएको छ भन्ने भयो भने विकल्पको खोजी हुन्छ, प्रश्न उठ्छ।’ सरकारपछि न्यायालयको पनि परीक्षा हुने महामन्त्री थापाको भनाई छ।‘न्यायालयले पनि मैले न्याय गरेँ भनेर मात्र पाउँदैन,न्यायको अनुभूति हुनुपर्छ’, थापाको भनाई छ।

जेठ १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्