बालकृष्ण खाँणमाथि कांग्रेसकै पूर्वसांसदको कटाक्ष

काठमाडौँ – कांग्रेसकी पूर्वसांसद पार्वती डिसी चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाणलाई सामाजिक सञ्जालमार्फत व्यंग्य गरेकी छिन्।
अघिल्लो संसदमा कांग्रेसका प्रमुख सचेतक रहेका खाँणले आफूले सदनमा एनसेलको राजश्व घोटला प्रकरणका बारेमा बोल्दा धम्की दिएको स्मरण गर्दै चौधरीले उनीमाथि व्यंग्य गरेकी हुन्।
सामाजिक सञ्जालमार्फत चौधरीले एनसेलको घोटालाबारे बोल्दा नेताहरु किन यस्तो व्यवहार गर्छन् भन्ने लागेकोमा अहिले थाहा पाएको उनले बताएकी छन्।
यस्तो छ चौधरीले खाँण प्रमुख सचेतक हुँदा आफूमाथि गरेको व्यवहारबारे बोलेको कुराः
वाह, बालकृष्ण दाइ वाह!
आज तपाईं कहाँ हुनुहुन्छ? कुन केसमा हुनुहुन्छ?
देशद्रोही राष्ट्रघात, मानव तस्कर जस्ता केसको छानबिनमा हुनुहन्छ।
सदनमा के गर्नुहुन्थ्यो तपाईंले?
तपाई प्रमुख सचेक भएपछि एक दिन मैले एनसेलको विषय के बोलेको थिएँ। तपाईंले मलाई फोन गरेर धम्क्याउनुभयो। तपाईंलाई कसले बोल्न दियो? अब तपाईं बोल्न पाउनु हुन्न।
मैंले भने, डेढ महिनापछि मैंले विशेष समय लिएर बोलेँ। नबोलाउँला। मानौँ तपाईं मालिक म दास जस्तो गरी व्यवहार गर्नुहुन्थ्यो।
तपाईंले कस्तालाई बोल्न दिनुहुथ्यो पटक पटक कस्तालाई बोल्न दिनुहुन्थ्यो? हेरेको थिएँ किन यस्तो गर्छन् नेताले भनेको त, यस्ता यस्तै खुरापाती गर्नका लागि रहेछ।