कोरियाको कोइकाको टिम र पूर्वमुख्यमन्त्री शाहीबीच भेटवार्ता

सिमकोट – कर्णाली प्रदेश सरकारका पूर्व–मुख्यन्त्री र दक्षिण कोरियाको कोइका टिमबीच भेटवार्ता भएको छ। कोरिया सरकारबाट कर्णाली प्रदेशमा भइरहेका विकास निर्माणका सम्बन्धमा दुुई पक्षबीच छलफल भएको हो।

पूर्व मुख्यमन्त्री शाहीसँगको भेटको अवसरमा कोइकाको (कोरियाली सरकार) तर्फबाट कन्ट्री डाइरेक्टरले मुगु अस्पतालको सञ्चालन तथा स्तरवृद्धिलगायत अन्य सहयोगको विषयमा चासो व्यक्त गरेका थिए।

त्यसैगरी अन्य सहयोगका विषयमा पनि दुुई पक्षबीच छलफल भएको थियो। भेटमा मुख्यमन्त्रीले सुविधा सम्पन्न मुगु अस्पतालको निर्माणलगायत अन्य जिल्लामा स्वास्थ्य पूर्वाधारसहित स्वास्थ्य र जीविकोपार्जनको क्षेत्रमा कोरिया सरकारको योगदनको लागि कर्णालीबासीको तर्फबाट कोइका टिमलाई धन्यवाद व्यक्त गरे।

साथै, शाही आफू मुख्यमन्त्री हुँदा मुगु अस्पतालको स्थलगत निरीक्षण गर्दा कोइकाबाट निर्माण भएको अस्पताल भवन संरचना गुणस्तरीय पाउँदा खुसी लागेको बताएका थिए।

मुगु अस्पताललाई ५० शय्या अस्पतालमा स्तरवृद्धि गर्न संवेदनशीलतासाथ आफू गम्भीर रूपमा लागेको र यस विषयमा प्रदेश सरकारको ध्यानाकर्षण हुने कोइका टिमलाई आश्वस्त पारेका थिए। कोरिया सरकारले कर्णाली प्रदेशका विभिन्न जिल्लामा स्वास्थ्य तथा आयआर्जन क्षेत्रमा काम गर्दै आएको छ।

जेठ १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्