नेपाल भारतसँग पुनः पराजित उपविजेता बन्दै सेमिफाइनलमा

काठमाडाैँ – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा समूहचरणको अन्तिम खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भएको छ। नेपाल र भारतको खेलसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार सम्पन्न खेलमा नेपाल पराजित भएसँगै अब फाइनल प्रवेशका लागि नेपालले समूह ‘ए’ को विजेता काजकिस्तानसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ। भारतले भने समूह ‘बी’ को विजेता बनेको उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

अहिलेसम्म नेपालले भारतलाई पराजित गर्न नसकेको इतिहास पुनः दोहोरिएको खेलमा नेपालले दोस्रो र तेस्रो र चौथो सेटमा प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो। स्पाइकर प्रतिभा मालिको अभाव देखिंदा पहिलो सेटमा नेपाल फराकिलो अन्तरले हार्न पुगेको थियो। पहिलो सेटमा सुरुवात देखिनै दबाबमा देखिएको नेपाल विरुद्व भारतले २५–१२ ले सहज रुपमा खेल आफ्नो पक्षमा पारे पनि दोस्रो सेटमा नेपालले लय समात्ने प्रयास गरेको थियो।

अधिकांश समय खेलमा लिड लिए पनि अन्तिम समयमा नेपाल चुक्न पुग्दा भारले २६–२४ ले दोस्रो सेटपनि आफ्नो पक्षमा पार्न सफल भयो। तर नेपालले तेस्रो सेटमा दोस्रो सेटको गल्ति नदोहोर्याउँदा खेल २५–२१ ले आफ्नो पक्षमा पार्दै २–१ को अवस्थामा खेललाई ल्याउन सफल भयो। तर चौंथो सेटमा भारतले २५(२१ ले खेल आफ्नो पक्षमा पार्दै ३–१ को जित सहित समूह विजेता बनेर अघिल्लो चरणमा स्थान बनायो।

यसअघि २०१९ मा नेपाल भारत विरुद्ध एतिहासिक स्वर्ण नजिक पुगेर भारतसँगै हारेको थियो। दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा पहिलो पटक फाइनल पुग्दै इतिहास रचेको नेपाली महिला फुटबल घरेलु कोर्टमा स्वर्णको कीर्तिमान नजिक पुगेर स्तब्ध बनेको थियो। पाँच सेट सम्म पुगेको उक्त खेलमा नेपाल ३(२ ले पराजित भएको थियो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमानै १२६८ दिनपछि एक–अर्का विरुद् भिडेपनि नतिजामा फरक ल्याउन भने नेपाल असफल भयो।

जेठ १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्