अदानचुली गाउँपालिकाका अध्यक्ष सिंहद्वारा एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक

सिमकोट – दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले आफ्नो एक वर्ष कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। उनले विज्ञप्ति प्रकानश गरेर आफ्नो प्रगति विवरण सार्वजनिक गरेका हुन्।

गत वर्ष निर्वाचित भएपछि जेठ ६ गतेसम्म एक वर्षमा गरिएका कामलाई बुँदागत रूपमा उनले प्रगति विवरण देखाएका छन्। अध्यक्ष सिंहले आफ्नो प्रगतिको पहिलो बुँदामा गाउँपालिकाको आफ्नो एम्बुुलेन्स सञ्चालन गरिएको कार्यलाई राखेका छन्।

त्यसैगरी, उनले विज्ञप्तिमार्फत सार्वजनिक गरेका प्रगति विवरणमा गाउँपालिकाको सम्पूर्ण आर्थिक कारोवार विद्युुतीय प्रणालीमार्फत् हुनुु, गाउँपालिकाका ६ वटै वडालाई सडक सञ्जालसँग जोड्नुु र वडा नम्बर ६ को सडक विस्तार गरिनुु, नेपाल टेलिकमको फोरजी सेवा सुचार गरिनुु, काँखे र कल्खे प्राविका लागि भवन निर्माण गर्न बजेटको व्यवस्था गरिएको, कैलशपुरी र सल्लाघारी मावि, हिमालचुली निमाविका लागि अनुदानको शिक्षकको व्यवस्था गरिनुु, कैलमश पुुरी माविका आरसिसि भवन निर्माणका लागि भारतीय दूतावासबाट बजेटको व्यवस्थाका लागि पहल गरिएको, विश्व बैंकको आर्थिक सहयोगमा गाउँपालिका केन्द्र जोड्ने गल्फागाडदेखि डाँडाकाट्नासम्मको १४ दशमलव दुुई किमि सडकको कालोपत्रे गराउने कार्यको सुरुवात हुनु रहेका छन्।

त्यसैगरी अन्य प्रगतिमा लौठी कालागाड, पाल्स काँखे हुँदै वारीगाउँ कालागाड र लौठी हुँदै रिल्म बिगोटी सडकको निर्माण कार्यलाई तीव्रता दिनुु, वडा नम्बर १ देखि ३ सम्मका घरधुरीलाई एक घर एक धाराको अवधारणालाई स्थापित गर्न श्रीगनर बृहत् खानेपानी आयोजनाका लागि बजेटको व्यवस्था र निर्माण सुुरु, जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउन आयोजना सुचारु गरिएको, खानेपानी सरसफाइ तथा स्वच्छता योजना तयार, संघ प्रदेश र स्थानीय तहबीच समन्वयमा कार्यक्रम सञ्चालन गरिएको र कार्यक्रम सञ्चालन गर्दा महिला, दलित, अपांगता, वित्पन्नका लागि लक्षित कार्यक्रम सञ्चालन गरिनुु तथा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ।

यस हिसाबले अध्यक्ष सिंहले १२ वटा कामलाई आफ्नो प्रगतिका रूपमा अघि सारेका छन् भने आगामी प्राथमिकताका कार्यक्रम पनि तय गरेका छन्।

जेठ १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्