किसानलाई राज्यले अनुदान दिनैपर्छः बाबुराम भट्टराई

फाइल तस्बिर
काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले किसानलाई राज्यले अनुदान दिनैपर्ने बताएका छन्। बुधवार माईतीघर मण्डलामा उखु किसानले गरेको आन्दोलनलाई ऐक्यबद्धता जनाउन पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले उखुलगायत किसानले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न नसकेको बताए।
उनले कृषि अर्थतन्त्र धराशयी बनेको बताए। उनले आफ्नै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गर्नुपर्ने बाध्यता अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले किसानलाई रासायनिक मल उपलब्ध गराउने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए। उनले लोकतन्त्रमा सडक गतिशील हुनुपर्नेमा जोड दिए।