सशर्त अनुदानको विषयलाई लिएर एमालेद्वारा प्रदेशसभा बैठक अवरुद्ध

जनकपुरधाम- नेकपा एमालेले मधेस प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। सशर्त अनुदानको विषयमा पछिल्लो बैठकमा प्रश्न उठाएकोमा सरकार पक्षबाट जवाफ नआएको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो।

एमालेका सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन्।

एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले सदनमा कुनै पनि विषय उठान गर्दा सरकार कानमा रुख हालेर बसे आफूहरू सदमा आएर बोल्नुको के अर्थ? भनेर प्रश्न गरे।

उनले मुख्यमन्त्री तथा मन्त्रीहरू रहेको समय यस विषयमा जानकारी हुनुपर्नेमा यस विषयमा सरकारले जानकारी नगराएको तथा सशर्त अनुदान सम्बन्धमा छानविन गर्न समिति गठन गर्न भनेपछि त्यसमा ध्यान नदिएको भन्दै सरकारबाट जवाफ आए वा छानविन समिति गठन भएमात्र सदन चल्न दिने बताए।

जेठ ११, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्