सांकेतिक तस्बिर।

वीरगञ्ज – रौतहटको देवाही गोनाही नगरपालिकामा एक जनाको हत्या भएको छ। देवाही गोनाही नगरपालिका–१ बस्ने ७० वर्षीय शेख तैयबको हत्या भएको हो।

उनको शव बिहीबार बिहान घरभन्दा एक किलोमिटर पर भेटिएको हो। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए।

तैयबको गोली हानेर हत्या‍ भएको हो वा अन्य कारणले मृत्यु भएको भन्ने बारेमा पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने उनले बताए।अहिले परिवारको तर्फबाट उजुरीसमेत प्राप्त नभएकोले घटनाको सम्बन्धमा प्रहरीले छानबिन गरिरहेको यादवले बताए।

जेठ ११, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्