काठमाडौँ – हिमाल आरोही कामीरिता शेर्पा २८ औँ पटक सगरमाथा आरोहण गरेर काठमाडौँ फर्किएका छन्।

उनले मंगलबार बिहान २८ औँ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए। उनले सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने कीर्तिमान बनाएका हुन्।

शेर्पा बिहीबार अपराह्न काठमाडौँ आइपुगेका हुन्। उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको थियो।

उनले यसै सिजनमा दुई पटक सगरमाथा आरोहण गरेका छन्। यसअघि उनले जेठ ३ गते २७ औँ पटक सगरमाथा आरोहण गरेका थिए। तर पासाङ दावा शेर्पाले उनको रेकर्ड बराबरी गरेपछि एक साताभित्रै उनले दोस्रो पटक सगरमाथा आरोहण गरेका हुन्।