आइपिएलको मुम्बई र लखनउको म्याचमा अनलाइन सटाबाजी गर्ने चार जना पक्राउ

वीरगञ्ज  – भारतमा जारी आइपिएलअन्तर्गत बुधबार राति भएको मुम्बई र लखनउबीचको म्याचमा अनलाइन सटाबाजी गर्ने चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहमा बारा कलैया उपमहानगरपालिका–४ का सरोज साह,सर्लाही रामनगर गाउँपालिका–६ का सन्तोष कुमार यादव,पर्सा वीरगन्ज महानगरपालिका–२४ का धुरेन्द्र यादव र भारत उत्तर प्रदेश गोरखपुर देवरियाका मुन्ना भन्ने धर्मनाथ प्रसाद जैसवाल छन्।

वीरगञ्ज–१५ स्थित सञ्जय श्रीवास्तवको तीन तले घरमा अनलाइनमार्फत मुम्बई र लखनउबीचको म्याचमा सट्टाबाजी गरिरहेको अवस्थामा प्रहरीले चारै जनालाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट सट्टाबाजीमा प्रयोग भएको मोबाइल, ल्यापटप तथा नेपाली नगद तीन लाख ९० हजार ५०० र भारतीय नगद १५ हजार ७५० रुपैयाँ, खेलको लाइभ हेर्न प्रयोग भएको एलईडी समेत बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।

पक्राउ परेका चारै जनालाई अनलाइन सटाबाजी सबन्धी कसुरमा जिल्ला प्रशासन पर्साबाट म्याद थप गरि कारवाही प्रक्रिया अघि बढाइएको गिरीले बताए।

जेठ ११, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्