विराटनगर महानगरपालिकाको लोगो सार्वजनिक

माेरङ – विराटनगर महानगरपालिकाले आफ्नो लोगो सार्वजनिक गरेको छ।  महानगरको बिहीबार लोगो सार्वजनिक तथा जनप्रतिनिधिको कार्यभार एक वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार भेटमा मेयर नागेश कोईरालाले वितेको वर्ष महानगरको सरसफाईमा केन्द्रित भएको बताए।

मेयर कोइरालाले महानगरको सफाईका क्रममा वर्षायामको डुबान समस्या हल हुने गरी पूर्वतयारीमा काम गरेको बताए। उनले महानगरका सबै स्थानको नाला सफाइदेखि फोहाेर सकंलन गरिएको मेयर कोइरालाले जानकारी दिए।

महानगरको अधिकांश स्थानमा बिद्युतीय तारको ब्यवस्थापन गर्ने कार्य भईरहेको उनले बताए । उनले महमनगरभित्र उज्यालो छर्ने क्रममा महानगरले सडक विद्युतीय पोलमा बत्ती जडान गरिएको उनको भनाइ छ।

त्यसैगरी उनले महानगरको पहिचान दिलाउने गरी पहिलो पटक आफ्नै लोगो निर्माण गरेको बताए । सोही अवसरमा महानगरले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थमा लगाएको रोकले सकारात्मक साथ पाएको बताएका मेयर कोइरालाले साउनबाट सुर्तीजन्य पदार्थलाई महानगरभित्र पूर्ण रूपमा रोक लगाउने बताए ।

कार्यक्रममा महानगर उपमेयर शिल्पा कार्की निरालाले ईमान्दारीसहित एक वर्ष काम गरेको बताईन्। उपमेयर कार्कीले जनताको अपेक्षाअनुरूप धेरै काम गर्न नसकेको स्वीकार गर्दै आउँदो ४ वर्षमा पूर्णरूपमा काम गर्ने जानकारी दिइन्।

महानगरको लोगो सार्वजनिक गर्दै उपमेयर कार्कीले लोगोमा नेपालको नक्सा, विराटनगरमा भएका आन्दोलन, विराट राजाको दरबार, राधाकृष्ण रथयात्रा, विमानस्थललगायतलाई समेटेर बनाइएको बताइन् ।

उपमेयर कार्कीसहित ४ सदस्यीय लोगो छनोट समितिले १ सय ५८ वटा डिजाइन मध्ये नर कुमार श्रेष्ठले निर्माण गरेको लोगो छनोट भएको जानकारी दिइन्। यसक्रममा लोगो डिजाईन गरेका श्रेष्ठले एक लाख रूपैया पारिश्रमिक हात पारेका छन् । श्रेष्ठ महानगर ११ निवासी हुन् ।

जेठ ११, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्