मलेसियासँगको सिरिजका लागि तीन नयाँ खेलाडी टोलीमा

काठमाडौं-आगामी १५ देखी २१ जेठ सम्म मलेसियासँग हुने पाँच खेलको महिला टी-२० अन्तराष्ट्रिय सिरिजका लागि रुविना क्षेत्रीको कप्तानीमा १४ सदसिय राष्ट्रिय टिमको घोषणा गरिएको छ। प्रशिक्षक स्यामसन जङ्ग थापाले घोषणा गरेको टोलीमा तीन नयाँ खेलाडीले मौका पाएका छन्।

पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउने खेलाडीमा युवा ब्याटर सम्झना खड्का, स्पिनर कृतिका मरासिनी र बायाँ हाते तीव्र गतिका बलर ईश्वरी विष्ट रहेका छन्। अन्य खेलाडी भने राष्ट्रिय टिमबाट प्रतिष्पर्धा गरिसकेका खेलाडीहरु रहेका छन्।

नेपालले मलेसियामा गएर पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज खेल्दै छ। जसमा नेपालले मलेसियासँग पहिलो खेल १५ जेठमा खेल्दा दोस्रो खेल १६ गते खेल्ने छ। त्यस्तै १८ गते तेस्रो खेल खेल्दा २० गते चौंथो खेल खेल्ने छ। अन्तिम खेल नेपालले २१ जेठमा प्रतिस्पर्धा गर्ने छ।

यस्तो छ नेपाली टोली

रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्याति पाण्डे र सरस्वती चौधरी।

जेठ ११, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्