यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

सांकेतिक तस्बिर।
काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकले आज जेठ १२ गतेका लागि निर्धारको गरेको दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ६५ पैसा र बिक्री दर १४२ रुपैयाँ ३० पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ २४ पैसा र बिक्री दर १६३ रुपैयाँ ९८ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहोस् कुन देशको मुद्राको दर कति?