जापानमा दुई प्रहरीसहित चार जनाको हत्या, सभामुखका छोरा पक्राउ

सांकेतिक तस्बिर।
एजेन्सी – जापानमा छुरा प्रहार र गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्।
मध्य जापानको नागानो प्रान्तको नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनुअघि एक महिलालाई छुरा प्रहार गरेका थिए। घटनामा चौँथो व्यक्तिको मृत्यु ढिलोगरी पुष्टि भएको बीबीसीले जनाएको छ।
सोही हत्या काण्डमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति त्यहाँको नगरसभाका सभामुखका छोरा भएको त्यहाँस्थित सञ्चारमाध्ययमले जनाएका छन्।
गतवर्ष जुलाईमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भए पनि जापानमा बन्दुक हिंसा अत्यन्तै दुर्लभ मानिन्छ।आक्रमणकारीको उद्देश्य प्रस्ट भएको छैन।
जापानमा बन्दुक किन्नको लागि मानिसहरूले कडा परीक्षा र मानसिक स्वास्थ्य परीक्षण गर्नुपर्छ।