नेपाललाई लगातार तेस्रो उपाधि नजिक पुग्न बलियो काजाकस्तानको चुनौती

काठमाडौँ -सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्जकपको सेमिफाइनलमा नेपालले आज (शुक्रबार) एसियाकै बलियो प्रतिद्वन्दी काजाकस्तानको सामना गर्दै छ।

समूहचरणको अन्तिम खेलमा भारतसँग पराजित भएपछि समूह ‘ए’ को उपविजेता बन्दै समूह ‘बी’ को विजेता बनेको काजकस्तानसँग नेपालले सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो।

एसियाली महिला भलिबल बरियतामा काजकस्तान चिन, जापान, थाइल्यान्ड र कोरियापछि पाँचै वरियतामा छ भने विश्व वरियतामा भने ४५ औ स्थानमा रहेको छ।

त्यसैले घरेलु टोली विरुद्ध दबाब बनाउने लक्ष्यमा रहेपनि नेपाल आफ्नो घरेलु कोर्टमा बलियो उपस्थिति देखाउने प्रयासमा हुने छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भारत र उज्वेकिस्तान तथा घरेलु टोली नेपाल र काजकस्तानबीच आज फाइनल प्रवेश भिडन्त हुन लागेको हो।

भारत र उज्वेकिस्तानबिच दिउँसो २ः३० बजे प्रतिस्पर्धा हुँदा नेपाल र काजकस्तानबीचको खेलभने साँझ ५ बजे सुरु हुने छ। अघिल्ला संस्करणमा २ पटक उपाधि जितेको नेपालले तेस्रो पटक उपाधि जित्ने लक्ष्य लिएको छ।

तर उसले आफ्नो लक्ष्यलाई कायम राख्नका लागि पनि सेमिफाइनलमा काजकस्तानलाई पराजित गर्नुपर्ने छ। काजकस्तानसँग पराजित भए नेपाल सेमिफाइनलबाटै बाहिरिने छ।

नेपालले समूहचरणमा कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएपनि भारतसँग ३–१ को सेटमा पराजित भएको थियो। काजकस्तान भने आफ्नो बलियो छविलाई कायम राख्ने प्रयासमा हुने छ।

समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको काजकस्तानले माल्दिभ्सलाई सोझो सेटमा हराएको थियो भने काजकस्तानले श्रीलंका र उज्वेकिस्तानसँग समान ३–१ को जित निकालेको थियो।

 

जेठ १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्