एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित

तस्बिर: बर्षा शाह/देशसञ्चार।

काठमाडौँ – नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

पार्टी अध्यक्ष‍ केपी शर्मा ओलीमाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेले अवरोध गरेपछि बैठक २० मिनेटका लागि स्थगित भएको‍ हो।

सत्तापक्षका नेताले विना कुनै आधार भ्रष्टाचारको आरोप लगाएको भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले आपत्ति जनाएका थिए।

त्यस लगत्तै सांसद् हितराज पाण्डे बोल्ने क्रममा एमालेका सांसद्ले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित भएको जानकारी गराएका हुन्।

जेठ १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्