स्कारपिओ दुर्घटनामा एक बालक मृत्यु

सांकेतिक तस्बिर ।

फुङ्लिङ – स्कारपिओ दुर्घटनामा आज बिहान ताप्लेजुङमा एक बालक मृत्यु भएको छ।

मृत्यु हुनेमा फुङलिङ नगरपालिका- ६ का पाँच वर्षका अंशुमन गुरुङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ दुर्घटना हुँदा बालकको मृत्यु भएको जनाइएको छ। दुर्घटनामा मृतकका ठूलाबुबा चालक कृष्ण गुरुङ घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मे१च ७३५३ नंको स्कारपिओ अनियन्त्रित भई बाटोदेखि करिब ४०-५० मिटर तल खसी दुर्घटना भएको थियो।

गाडीमा सवार दुवै जनालाई घटनास्थलबाट उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए। शव जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।

जेठ १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्