तोलामा ५ सय घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

सांकेतिक तस्बिर।

काठमाडौँ – साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो। आज सुनको कारोबार मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

अघिल्लो दिनभन्दा एक हजार रुपैयाँ घट्दा बिहीबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

एक सातामा मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ। गत शुक्रवार सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ थियो।

चाँदी तोलामा ५ रुपैयाँ घटेको छ। शुक्रवार कारोबार मूल्य १३ सय ४५ रुपैयाँ भएको छ। अघिल्लो दिनभन्दा १० रुपैयाँ घट्दा बिहीबार प्रतितोला १३ सय ५० रुपैयाँ भएको थियो। चाँदीको मूल्यमा एक सातामा तोलामा ३५ रुपैयाँले गिरावट छ।

जेठ १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्