‘उत्तम शान्ति पुरस्कार २०७९’ डाक्टर.केसीको ‘शून्यको मूल्य’लाई

काठमाडौँ – २०७९ सालको उत्तम शान्ति पुरस्कार डाक्टर नवराज केसीको पुस्तक ‘शून्यको मूल्य’लाई दिने निर्णय भएको छ।
कृतिबाट अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरुको दुःखपीडा, साहस र संघर्षलाई अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेवापत साहित्यकार डा. नवराज केसीलाई यस गुठीले ताम्रपत्र र नगद राशी रु. एक लाख सहितको २०७९ सालको ‘उत्तमशान्ति पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको हो।
उत्तम कुँवर स्मारक पुरस्कार गुठीले वि.सं २०४४ सालदेखि निबन्ध, यात्रासंस्मरण, जीवनी, आत्मकथा, अन्तर्वार्ता लगायतका आख्यानमुक्त गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरूलाई वर्षेनी ’उत्तमशान्ति पुरस्कार’द्वारा सम्मानित गर्दै आएको छ।
गुठीका सभापति डा.पार्थिवेश्वर तिमिल्सिनाका अनुसार केही समयपछि एक कार्यक्रमबिच पुरस्कार हस्तान्तरण गरिने बताएका छन्।