१० किलो चरेससहित पर्साबाट एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १० केजी चरेससहित एक जनालाई पर्साबाट पक्राउ गरेको छ। प्रहरीले कालिकामाई गाउँपालिका–१ बस्ने २१ वर्षीय अनिल पासवानलाई पक्राउ गरेको हो।

प्रहरी चौकी आशबारीबाट खटिएको प्रहरी टोलीले पासवान चढेर आएको बीआर २२ एटी ८४९८ नम्बरको मोटरसाइकल चेकजाँच गर्नेक्रममा उक्त परिमाणमा चरेस फेला पारेको थियो।

पक्राउ परेका पासवानलाई चरेससहित इलाका प्रहरी कार्यालय पोखरियामा राखी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए।

जेठ १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्