वीरगञ्ज–पथलैया ब्यापारिक मार्गमा २४ सै घण्टा सवारी पार्किङ

वीरगञ्ज – वीरगञ्ज पथलैया ब्यापारिक मार्गमा २४ सै घण्टा सवारी साधन पर्किङ हुँदै आएको छ। ब्यापारिक मार्गको वीरगञ्ज बजार भन्दा उतरपटि्ट पर्ने उद्याेग क्षेत्रहरुमा मुख्य सडकमै सवारी साधनहरु घण्टौसम्म पार्किङ हुने गरेको छ।
यस मार्गमा जताततै ठुल्ठूला सवारी साधन घण्टौसम्म दिनरात पार्क गर्ने गरिएको छ। वीरगञ्ज पथलैया औधोगिक कोरिडोर अन्र्तगत पर्ने उद्येगमा कच्चा पदार्थ लिएर आएका ट्रक कन्टेनर लोड गरेका गाडी घण्टौँसम्म पार्क हुने गरेको छ। औद्याेगिक कोरिडोरमा सवारी साधन पार्क गरेर राख्न नपाइने भए पनि यहाँका उद्याेगमा कच्चा पदार्थ बोकेर आएका ट्रक तीन चार दिनसम्म सडकमै पार्क गरेर राख्ने गरिएको छ।
यसरी २४ सै घण्टासम्म ब्यापारिक मार्गमा ट्रक पार्क हुन थालेपछि दुर्घटनाको पनि जोखिम बढ्दै गएको छ। वीरगञ्ज पथलैया सडक खण्डमा प्राय दैनिक रुपमा सानो ठुलो दुर्घटनाहरु समेत हुने गरेको छ ।बिशेष गरेर परवानीपुर देखि दक्षिण र वीरगञ्जको गण्डकदेखि उत्तरतर्फको ब्यापारिक मार्गको खण्डमा बढी ट्रकहरु सडकमै पार्क गरेर राखिएको हुन्छ।
यी ट्रक भारतबाट आईसिपी भन्सार भएर यहाँका बिभिन्न उद्याेगको लागि कच्चा पदार्थ लोड गरेर आएका हुन्छन्। ती ट्रक सडकमै लामो लाइन लागेर पार्क गर्ने गरिएको छ। यसैगरी कच्चा पदार्थ बोकेर आएका ट्रकसमेत उद्याेगमा कच्चा पदार्थ छाडेपछि घण्टौसम्म ब्यापारिक मार्गमै पार्क हुने गरेको छ।
यसरी सडकमै ठुल्ठूला सवारी साधन पार्क गरिएपछि विशेष गरी राति दुर्घटना हुने बढी जोखिम हुने गरेको छ। अहिले निर्माणको क्रममै रहेको वीरगञ्ज पथलैया ब्यापारिक मार्गमा जथाभावी सवारी पार्किङ हुने क्रम बढे पनि ठाउँ–ठाउँमा रहेका ट्राफिक प्रहरी पनि मुकदर्शक बनेर बसेका छन् ।वीरगञ्जको गण्डक चोकमा र परवानीपुर चोकमा चौबिसै घण्टा ट्राफिक प्रहरी चेकपोष्ट बनाएर बस्ने गरे पनि चेकपोष्टभन्दा आधा किमि कम दूरीमा सडकमै सवारी पार्किङ हटाउन कुनै चासो दिने गरेका छैनन्।
यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापाले ब्यापारिक मार्गमा लामो समयसम्म सवारी साधन पार्क गरेर राख्न नपाइने बताए । उनले ब्यापारिक मार्गमा सवारी पार्क गर्नेलाई सम्झाई बुझाई पार्क गर्न नलगाउने अटेर गरे कारवाही गर्ने जानकारी दिए ।