सत्ता पक्षले संसद चलाउन चाहेन : सचेतक बर्तौला

काठमाडौँ – एमाले सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद चलाउन नचाहेको आरोप लगाएका छन्।
शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले संसद बैठक सञ्चालनमा सरकारले अवरोध गरेको बताएका हुन्।
बर्तौैलाले राज्यको सम्पती कति छ भन्नेकुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पति कहाँ कति छ भन्नेकुरा बताउन नसकेको बताए। आफूहरुले संसदमा उठाएको कुरा सम्बोधन नभएकोले सरकार सदनप्रति जिम्मवार नभएको उनको भनाइ छ।
उनले भने, ‘सदन छोडेर गइसक्नु भयो सरकार । सदनप्रति जिम्मेवार छैन । आजको संसदको प्रक्रिया सरकारले अवरुद्ध ग¥यो । हामीले विषय उठाएका कुरामा सम्बोधन गर्न तयार भएन । हामी फेरिपनि आग्रह गर्न चाहन्छौँ संसद छिटोभन्दा छिटो चल्ने अवस्था निर्माण होस् । हामीले उठाएको विषय देशलाई भन्दिओस् । जसरी सत्तापक्षको एउटा सांसदमार्फत देश, दुनियाँलाई भ्रममा राखिएको छ। त्यो कुरा के हो सरकारले भन्दिओस् । प्रष्ट पार्दिओस् आजै । त्यसपछि संसदीय प्रक्रिया अगाडी बढ्छ।’