एमालेले संसद अवरोध गरेपछि रास्वपा सांसदको प्रतिक्रियाः छोरी कुटेर बुहारी तर्साउन खोजियो

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एमालेले संसद अवरुद्ध गरेर छोरी कुटेर बुहारी तर्साउनु जस्तो गरेको टिप्पणी गरे। उनले एमालेले शुक्रबार संसद अवरुद्ध गर्नु आवश्यक नभएको उल्लेख गरे।
उनले भने, ‘यो राजनीतिक एजेण्डा हो। यसमा प्रक्रियागत रुपमा पनि राजनीतिक सहमति खोजीराखेको एजेण्डा हो । सदनमा चाहीँ छोरी कुटेर बुहारी तर्साइरहेको हो । त्यो भनेको नक्कली भूटानी शरणार्थी प्रकरण एउटा एजेण्डा हुनसक्छ। त्यसमा राजनीतिक दलहरुले आफ्नो कित्ताकाट, स्पष्टता र सुरक्षा खोजिराखेको हुनसक्छ।’
उनले पशुपतिको जलहरी प्रकरणलाई राजनीतिक मुद्दा बनाउनु नहुने उल्लेख गरे।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले पनि संसदमा आधार र प्रमाणका आधारमा बोल्नुपर्ने बताए। श्रेष्ठले प्रमुख प्रतिपक्षको सांसदले नै भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्नु सुसंस्कृत अभ्यास भएको बताए।
उनले एकअर्कालाई हिलो छ्यापेर फुत्किने भन्दापनि आधारसाथ बोल्नुपर्ने उल्लेख गरे।
उनले भने, ‘पूर्वप्रधानमन्त्री जस्तो मान्छेलाई त्यो कुरा आइसकेपछि उहाँहरुले पार्टीगत हिसाबले त्यो कुरालाई माग राखेर हामीले सकारात्मक हिसाबले के लिएका छौँ भने, उहाँहरुले माग के गर्नुभएको छ, डाडुपन्यु तपाईहरुकै हातमा छ, सरकारमा तपाईहरु नै हुनुहुन्छ भनेपछि छानबिन गर्नुस् । सत्यतथ्य आउँदाखेरी त्यसको जसले सत्तापक्षमा बसेर सोध्नुभएको छ, उहाँहरुले नै त्यसको जवाफ दिने तरिकाले । मलाई सु–संस्कृत अभ्यास यही हो जस्तो लाग्छ । हिलो छ्यापाछाप गर्ने त्यहाँबाट फुत्किने होइन कि केही कुुरा बोलेको छ भने त्यसको आधार पनि हुनुप¥यो।’