गण्डकीले अधुरा आयोजना सम्पन्न गर्ने बजेट ल्याउने (पूर्णपाठ)

पोखरा – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिने भएको छ।
गण्डकीका आर्थिक मामिला मन्त्री जीत प्रकाश आलेले शुक्रबार प्रदेश सभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै जनताको जीवनस्तर उकास्ने बजेट ल्याउने बताए।
‘उपलब्ध स्रोत र साधनको प्रभावकारी परिचालनमार्फत उत्पादन, रोजगारी, आम्दानी र जनताको जीवनस्तर उन्नयन गर्ने कार्यक्रमलाई प्राथमिकता दिइनेछ’, उनले भने। अधुरा र दायित्व सिर्जना भइसकेका आयोजना सम्पन्न गर्न बजेटमा ल्याउने उनको भनाइ थियो।
‘आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने उत्पादनमूलक र छिटो प्रतिफल प्राप्त गर्न सकिने आयोजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिइनेछ’, प्रदेश सभामा उनले प्रस्तुत गरे।
प्रदेश गौरवका आयोजना, रुपान्तरणकारी र बहुवर्षीय आयोजनालगायतका रणनीतिक महत्वका आयोजना र कार्यक्रमलाई तोकिएकै समयमा सम्पन्न गर्ने गरी बजेट विनियोजन गर्ने मन्त्रीले आलेले जानकारी दिए।
उनका अनुसार शहरी र ग्रामीण भू–भाग, एकभन्दा बढी स्थानीय तहको केन्द्र जोड्ने सडक र राष्ट्रिय राजमार्गको सञ्जालमा जोडिने प्रादेशिक तथा सहायक राजमार्ग निर्माणलाई बजेटमा प्राथमिकता दिइनेछ।
प्रदेश सभामा आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकताको पूर्णपाठः