विश्व टेस्ट च्याम्पियनसिप विजेताले कति पाउँछ पुरस्कार?

काठमाडौँ–भारत र अस्ट्रेलियाबिच इंग्ल्यान्डको ओवल मैदानमा ७ देखी ११ जुन सम्म विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को फाइनल खेल हुँदै छ।

इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसिसी) ले विश्व टेस्ट च्याम्पियनसिप २०२१–०२३ सम्मका लागि पुरस्कार राशिको घोषणा गरिएको छ।

कुल ३.८ मिलियन डलर (करिब ५०.२४ करोड रुपैंया) रकम पुरस्कारका रुपमा सहभागि टिमलाई वितरण गरिने छ। जुन अघिल्लो विश्व टेस्ट च्याम्पियनसिपको बराबर हो।

टेस्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन (करिब २१.१३ करोड रुपैंया) प्राप्त गर्ने छ।

त्यस्तै फाइनलमा पराजित हुने टिमले ८ मिलियन डलर (करिब १०.४ करोड रुपैंया) प्राप्त गर्ने छ।

त्यस्तै आइसिसीले टेस्ट च्याम्पियनसिपको तेस्रो स्थानमा रहने दक्षिण अफ्रिकालाई ४ लाख ५० हजार डलर (करिब ५.६ करोड) प्राप्त गर्ने छ। चौंथो स्थानम रहेको इंग्ल्यान्डले ३ लाख ५० हजार डलर (करिब ४.२४ करोड रुपैंया) र पाँचौं स्थानको श्रीलंकाले २ लाख डलर (करिब २ करोड ५६ लाख) प्राप्त गर्ने छ।

त्यस्तै टेस्ट च्याम्पियनसिपमा सहभागिता जनाएका न्युजिल्यान्ड, पाकिस्तान, वेस्टइन्डिज र बंगलादेशले समान १–१ लाख डलर (करिब १ करोड ३१ लाख रुपैंया) प्राप्त गर्ने छन्।

प्रतियोगिताको फाइनलका लागि भारत र अस्ट्रेलियाले आ–आफ्नो टिमको घोषणा गरिसकेका छन्।

साविक उपविजेता भारत यो पटक च्याम्पियन बन्ने लक्ष्यम रहँदा पहिलो पटक फाइनल पुगेको अस्ट्रेलिया पहिलो सहभागितामानै च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ।

गत संस्करणमा भारत न्युजिल्यान्डसँग फाइनलमा पराजित भएको थियो।

जेठ १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्