कांग्रेस आलोचनाबाट डराउँदैनः सभापति देउवा

फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन्।

उचित आलोचनाले काम गर्न झन उत्साह बढाउने तथा केही समस्या भए करेक्सन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उनको तर्क छ।

सभापति देउवाले भने, ‘आलोचनाबाट डराउनुपर्ने कुरा छैन कांग्रेसले। डराउँदैन पनि। कतिपय उचित आलोचनाहरू हुन्छन्। त्यसले आगामी दिनमा काम गर्न  झन उत्साह हुन्छ। केही समस्या भए करेक्सन पनि हुन्छ। त्यसकारणले केही समस्या भए समाधान गर्न पनि सहज हुन्छ आलोचनाले। अहिले बडाे चुनौती आएको छ देशमा। हामी चुनौतीविरुद्ध लड्नुपर्छ।’

प्रेस युनियनको ३२ औँ स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए।

प्रजातन्त्रको खिलापमा एकथरी लागि परेको उल्लेख गर्दै उनले त्यसको सुदृढीकरणमा सबै राजनीतिक दलहरू लाग्नुपर्ने बेला आएको पनि बताए।

जेठ १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्