प्रधानमन्त्रीकी नातिनी स्मिताले एक वर्षपछि ल्याइन् नयाँ गीत ‘आँखामा गाजल’ (भिडियो)

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन्। अध्ययनमा व्यस्त रहेकी उनले करिब एक वर्षको अन्तरालपछि नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकी हुन्। उनको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको थियो।

रोमान्टिम शैलीमा गाइएको ‘आँखामा गाजल’मा राजनराज शिवाकोटीको शब्द र संगीत छ। देवेश राईको एरेन्ज रहेको गीतको भिडियोमा स्मिता स्वयंले मोडलिङ गरेकी छन्। रोमान्टिक शैलीको यो गीतको भिडियोमा स्मिता र कुन्सांग बम्जनको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ।

सुदिप बरालको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन्। गीत भिडियो निर्देशन सरोज ओलीले गरेका हुन्।

एक वर्षको अन्तरालपछि सार्वजनिक यो गीतबाट स्मिता आशावादी छन्। ‘अध्ययनमा व्यस्त भएका कारण नयाँ गीत ल्याउन सकेकी थिइनँ,’ स्मिताले भनिन्, ‘एक वर्षको सर्ट ब्रेकपछि नयाँ गीत ल्याएकी छु। रोमान्टिक फ्लेबरमा गाएकी छु। दर्शकले सधैँझै माया गर्नुहुन्छ भन्ने आशा छ।’

‘मायालु तिमी कता छौ’, ‘पानी कुवाको’, ‘मालिङ्गो’लगायत स्मिताका चर्चित गीतहरु हुन्।

जेठ १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्