श्रीच्छा प्रधानले जितिन् ‘मिस नेपाल २०२३’को उपाधि

काठमाडौँ – यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन्।

फाइनलमा २४ प्रतिस्पर्धिलाई उछिन्दै काठमाडौँकी २३ वर्षीया प्रधानले मिस नेपाल वर्ल्ड–२०२३ उपाधि उचालेकी हुन्।

उनलाई मिस नेपाल प्रियंका रानी श्रेष्ठले मिस नेपाल वर्ल्डको ताज पहिर्‍याइन्।

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा मिस नेपालको फिनाले सम्पन्न भएको हो।

मिस नेपालको आयोजक ‘द हिडन ट्रेजर’ हो।

जेठ १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्