काठमाडौँ – यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन्।

फाइनलमा २४ प्रतिस्पर्धिलाई उछिन्दै काठमाडौँकी २३ वर्षीया प्रधानले मिस नेपाल वर्ल्ड–२०२३ उपाधि उचालेकी हुन्।

उनलाई मिस नेपाल प्रियंका रानी श्रेष्ठले मिस नेपाल वर्ल्डको ताज पहिर्‍याइन्।

यस्तै, मिस नेपाल अर्थ राइना मजगैंया र मिस नेपाल इन्टरनेशनल प्रसिद्धि शाह बनिन्।

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा मिस नेपालको ग्राण्ड फिनाले सम्पन्न भएको हो।

मिस नेपालको आयोजक ‘द हिडन ट्रेजर’ हो।