हालान्डले जिते प्रिमियर लिगमा युवा र उत्कृष्ट खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका चर्चित स्टार स्ट्राइकर अर्लिङ हालान्ड प्रिमियर लिग फुटबल इतिहासमै एकै सिजनमा  युवा  र उत्कृष्ट खेलाडी अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन्।

२२ वर्षीय हालान्डले जारी सिजन ३६ गोल पुरा गरेका छन्। उनले प्रिमियर लिगमानै कीर्तिमानी सर्वाधिक गोलकर्ता समेत बने। उनले समग्रमा ५२ गोल पुरा गरीसकेका छन्। उनले भने ‘प्रिमियर लिगमा एकै सिजनमा दुई उपाधि जित्न पाउँदा उत्साही र खुसी छु। ज-जस्ले मलाई भोट गर्नु भयो सबैलाई धन्यवाद दिन चाहन्छु।’

उनले पब्लिक र प्रिमियर लिग प्यानलबाट धेरै भोट प्राप्त गर्न सफल भए। उनी  यसै समरमा डर्टमुन्डबाट सिटी आएका थिए। उनको उत्कृष्ट प्रदर्शनमा क्लबले तेस्रो पटक लगातार प्रिमियर लिग उपाधि जितेको थियो। उनले आफ्ना उत्कृष्ट सहकर्मी र प्रशिक्षक र स्टाफहरुले मैदानमा सहयोग नगरेको भए अवार्ड सम्भव नहुने भन्दै सबैप्रति कृतज्ञता ब्यक्त गरेका थिए।

ट्रेबल उपाधि नजिक रहेको सिटीले ३ जुनमा सहरी डर्वी म्यानचेस्टर युनाइटेडसँग एफएकपको फाइनलमा प्रतिस्पर्धा गर्दै छ। भने १० जुनमा च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलानसँग इस्तानबुलमा प्रतिस्पर्धा गर्ने छ। हालान्डले भने ‘हाम्रा अगाडी अझै दुई महत्वपूर्ण फाइनल बाँकी छ। त्यसैले ती दुई उपाधि जितेर थप बलियो हुँदै सिजन अन्त गर्न चाहन्छौं।’

जेठ १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्