शरणार्थीलाई अमेरिकी डलर नदिने युएनको घोषणा

फाइल तस्बिर।

संयुक्त राष्ट्रसंघ (युएन)ले लेबनानमा रहेका सिरियाली शरणार्थीलाई अमेरिकी डलरमा नगद सहायता नदिने घोषणा गरेको छ।

आगामी महिनाको नगद सहायता अमेरिकी डलरमा नदिने निर्णय भएको युएनले जनाएको छ। यद्यपि उक्त निर्णय अस्थायी हो।

राष्ट्रसङ्घले लेबनानमा शरण लिइरहेका शरणार्थीलाई नगद सहायता दिने उपयुक्त ढाँचाका सम्बन्धमा लेबनानी अधिकारीहरूसँग छलफल भइरहेको बताएको छ।

लेबनानका कार्यवाहक सामाजिक मामिला मन्त्री हेक्टर हज्जरले शुक्रबार सिरियाली शरणार्थीहरूलाई अमेरिकी डलरमा सहायता दिन अस्वीकार गरेपछि युनएनले यस्तो निर्णय गरेको हो।

लेबनानी अधिकारीले सिरियाली शरणार्थीलाई उनीहरूको मातृभूमिमा सुरक्षित फिर्ताको लागि काम गरिरहेका बताउँदै मन्त्री हज्जरले अन्तर्राष्ट्रिय समुदायलाई प्रयासमा सहयोग गर्न आग्रह गरेका छन्।

करिब २० लाख सिरियाली शरणार्थीले लेवनानमा शरण लिएकाे अनुमान छ।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्