लुम्बिनी प्रदेशसभा: विनियोजन विधेक प्रस्तुत हुने

फाइल तस्बिर।

दाङ – लुम्बिनी प्रदेशसभाकाे दाेस्राे अधिवेशनकाे दाेस्राे बैठक आज बस्दैछ। दिउँसो १ बजे बैठक बस्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ।

बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष ०८०/८१ को ‘प्रदेश विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता’माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने कार्यसूची सार्वजनिक गरिएको छ।

यसैगरी, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने कार्यसूची छ।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्