ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार दुई खेल हुँदैछन्।

दुबै खेल दिउँसो ३ बजेबाट च्यासल र एन्फा कम्प्लेक्समा सुरु हुनेछन्।

च्यासल मैदानमा सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच खेल हुनेछ भने एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टारबीच खेल हुनेछ।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्