फोटो फिचर

सिर्सिया नदी बचाउन दूषित पानी बोकेर आन्दोलनमा उत्रिएका वीरगञ्जबासी (फोटो-फिचर)

काठमाडौँ – पर्साको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन चुरे तथा वनजङ्गल संरक्षण अभियानले काठमाडौँमा धर्ना दिएको छ।

१० दिनपछि हिजो शनिबार काठमाडौँको मातातीर्थ आइपुगेको र्‍यालीसहितको यस टोली आज ११ औँ दिन माइतीघर मण्ड‍लामा पुगेर धर्ना दिएको हो।

सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यले अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा वीरगञ्जदेखि काठमाडौँसम्मको पदयात्रा सुरू गरेको थियाे।

वीरगञ्जस्थित सिर्सिया नदीको संरक्षणका लागि संघीय सरकारलाई दबाब दिन काँधमा नदीको दूषित पानी बोकेर पैदल यात्रामा निस्किएका अभियन्ताहरू काठमाडौँ आइपुगेका हुन्।

हेटौँडा, नारायणगढ, मुग्लिङ हुँदै शनिबार साँझ थानकोट आइपुगेका उनीहरू रातमा मातातीर्थमा बास बस्ने गरेका छन्।

हेर्नूहोस् देशसञ्चारकर्मी वर्षा शाहले कैद गरेका तस्बिरहरू: