आर्थिक सर्वेक्षण आज आउँदै

फाइल तस्बिर।

काठमाडौँ-  प्रतिनिधिसभा बैठकमा आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दैछन्।

बैठकमा उनले आइतबार दिउँसो १ बजे आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम छ।

चालु आर्थिक वर्षका सूचकांकहरु तथा समग्र कार्यान्वयनको पक्ष आर्थिक सर्वेक्षणले समेट्ने छ।

चालु आर्थिक वर्षको बजेट जेठ १५ गते सोमबार आउने कार्यक्रम छ।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्