सुनुवाइ समिति गठनको बाटो खुलेसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने

काठमाडौँ- संसदीय सनुवाइ समिति गठनको लागि बाटो खुलेको छ। संघीय संसदको आइतबारको संयुक्त बैठक र संयुक्त ( कार्यसंचालन) नियमावली, २०८० पारित भएसँगै समिति गठनको लागि बाटो खुलेको हो।

समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट ३ जना सदस्य रहने व्यवस्था छ। नियमावाली नभएको कारण प्रतिनिधिसभाबाट सदस्यको नाम पठाइएको छैन।

राष्ट्रियसभाबाट सहभागी हुने तीनजना भने छानिएको छ। संघीय संसदको संयुक्त समितिका रूपमा रहेको सुनुवाइ र राज्यका नीति निर्देशक अनुगमन तथा निर्देशक समिति गठन गर्नुपर्ने व्यवस्था छ।

उक्त समिति गठन नहुँदा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया रोकिएको थियो।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्