एमालेद्वारा कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई सम्मान

काठमाडौँ – नेकपा (एमाले)ले कृतिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालमा एक कार्यक्रमको आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल उननलाई पुष्पगुच्छासहित सम्मान गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बुढामगरको सगरमाथाको सफल आरोहण अपांगता भएका व्यक्तिहरुको मात्रै नभएर सबै नेपालीहरु र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताए।

मान्छे साहस, संकल्प गर्‍यो भने जस्तोसुकै कठिन काम पनि गर्न सक्छ भन्ने उदाहरण विश्वमानै पेश गरेकोले पार्टीले उनलाई सम्मान गरेको पनि ओलीको भनाइ थियो।

कार्यक्रममा बोल्दै कीर्तिमानी सगरमाथा आरोही बुढामगरले अपांगता भएका व्यक्तिहरुमा जागरण ल्याउने उद्देश्यले आफूले सगरमाथा आरोण गरेको बताए। त्यस अवसरमा उनले अपांगता भएका व्यक्तिहरुलाई दया र मायाभन्दा पनि साथ र अवसर दिन आग्रह गरे।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्