सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दू भएर गयो भूकम्प

सांकेतिक तस्बिर।

काठमाडौँ- सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आइतबार दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि यही जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रबिन्दे भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो।

पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्