काभा भलिबलः नेपाल तेस्रो

फाइल।

काठमाडौँ – उज्वेकिस्तानलाई पराजित गर्दै आयोजक नेपाल काठमाडौँमा जारी काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा तेस्रो भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपालले पाहुना टोली उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो।

नेपालले पहिलो सेट गुमाए पनि बाँकी सेटमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको थियो। अघिल्ला दुई संस्कणको च्याम्पियन नेपालले सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा ह्याट्रिक गर्ने लक्ष्यमा रहे पनि सेमिफाइनलमा काजाकस्तानसँग पराजित भएको थियो।

आइतबार तेस्रो स्थान हासिल गरेको नेपाल उज्वेकिस्तानमाथि पहिलो सेटमा २०–२५ ले गुमाएको थियो। तर बाँकी सेटमा भने नेपालले सम्हालिएको प्रदर्शन गर्न सफल भएको हो। सो क्रममा नेपालले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीन सेट २५–१६, २५–१५ र २५–१३ ले आफ्नो पक्षमा पारेको हो।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्