नेपाल अडिटर्स एसोसिएसन(अडान)केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठक सम्पन्न

काठमाडौँ – नेपाल अडिटर्स एसोसिएसन(अडान)केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठक संस्थाका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ।

उक्त बैठक निवर्तमान अध्यक्ष एवं सल्लाहकार समितिका संयोजक मोहनराज रेग्मी, विशेषज्ञ समितिका संयोजक सूर्यप्रसाद अधिकारीको आतिथ्यतामा गत शनिबार काठमाडौँमा सम्पन्न भएको हो।

 बैठकमा कोषाध्यक्ष बलराम चौधरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र महासचिव प्रेमबहादुर श्रेष्ठले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन पारित गर्दै २१ बुँदे विशेष प्रस्ताव जारी गरिएको थियो।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्